दिपीका र करिनाले नै ८२ प्रतिशत मतमा कब्जा जमाएपछि बाँकी नायिकाले दोहोरो अंकसमेत जोड्न पाएनन् । समीक्षकको नजरमा रुचाइएको 'द लन्चबक्स' की निम्रत कौर र वर्षको सफल लभस्टोरी फिल्म 'आशिकी २' की श्रद्धा कपुरले समान सात प्रतिशत मत पाएका थिए भने 'रांझणा' र 'भाग मिल्खा भाग' की सोनाम कपुर तथा 'लुटेरा'की सोनाक्षी सिन्हाले पनि फ्यानको मन जित्न सकेनन् । दुवैले समान दुई प्रतिशत मतमा चित्त बुझाए । फिल्म 'बीए पास' की नायिका शिल्पा शुक्लाले एक प्रतिशत मात्रै मत पाएर सूचीमा आफूलाई देखाउन मात्रै सकिन् । उता, सोही अनलाइनले गरिरहेको हट अनस्त्रिmन जोडीमा पनि दिपीकाले नै बाजी मारेकी छन् । नायक रणवीर सिंहसँगको 'राम-लीला' जोडी र शाहरुखसँगको 'चेन्नाई एक्सप्रेस' जोडी दुवैलाई अत्यधिक रुचाइएको छ । अनलाइन सर्वेक्षण जारी रहँदा 'चेन्नाई एक्सप्रेस' को शाखरुखसँगको उनको अनस्त्रिmन जोडीलाई २७ प्रतिशतले सर्वाधिक हट मानेका छन् । रणवीरसँगको जोडीले पनि २६ प्रतिशत मत पाउँदै पहिलो स्थानको लागि प्रतिस्पर्धा बढाएको छ । तेस्रो हट जोडीमा भने 'आशिकी २' का जोडी आदित्यरोय कपुर र श्रद्धा कपुरले १८ प्रतिशत मत पाइसकेका छन् । त्यसबाहेक दिपीकाकै रणवीर कपुरसँगको 'ए जवानी है दिवानी' जोडीलाई १३ प्रतिशतले हट मानेका छन् भने 'रांझणा' जोडी सोनाम कपुर र धनुषलाई ४ प्रतिशतले मात्रै । रणवीर सिंहलाई दिपीकासँग रुचाएका फ्यानले 'लुटेरा' की सोनाक्षी सिन्हासँग भने एक प्रतिशत मात्रै भोट दिएका छन् ।
Home »
» दिपीकालाई दुवै हातमा लड्डु
दिपीकालाई दुवै हातमा लड्डु
Written By Unknown on Monday, December 23, 2013 | 11:28 PM

0 comments:
Speak up your mind
Tell us what you're thinking... !