Home » » धुम ३ ले बक्स अफिसमा 'धुम' मच्चाउँदै

धुम ३ ले बक्स अफिसमा 'धुम' मच्चाउँदै

Written By Unknown on Monday, December 23, 2013 | 11:42 PM

धुम ३ ले बक्स अफिसमा 'धुम' मच्चाउँदै
धुम ३ ले बक्स अफिसमा 'धुम' मच्चाउँदै
काठमाडौ, पुस ६ - धुम ३ ले बक्स अफिसमा 'धुम' मच्चाउँदै २०१३ को अन्त्य तिर रिलिज भएको धुम ३ ले यसबेला  बलिउडमा धुम मच्चाइरहेको छ । हिजो शुक्रबार रिलिज भएको धुम ३ ले यसअघि बलिउडमा  प्रर्दशन गरेका फिल्महरुको  रेकर्ड तोडदै बक्स अफिसमा धुम मच्चाएको हाे। प्रर्दशनकै दिन धुम ३ ले ३६ करोडको व्यापार गरिसकेको छ  । उसले  फिल्म रिलिजकै दिन गरेको यो व्यापारले अन्य फिल्महरुलाई पछाडि धकेलिदिएको हो ।
धुम ३ रिलिजकै दिन  हलहरुमा शतप्रतिशत हाउसफुल भएको भारतीय संचार माध्यमले उल्ल्लेख गरेका छन् ।  पहिलो दिनमै धुमले ३२ करोड हिन्दीबाट मात्रै कलेक्सन गरेको छ ।  यो फिल्म तामिल र तेलगु भाषामा  समेत अनुवाद गरिएको छ । यसअघि बलिउडमा सर्वाधिक व्यापार गरी बक्स अफिसको कलेक्सनमा अघि देखिएका चेन्नाई एक्सप्रेस र क्रिस ३ लाई धुम३ ले पछारेको हो ।   क्रिसले पहिलो दिनमा ३५.९१ करोड र चन्नाईले ३३.१० करोडको व्यापार गरेको थियो । यो व्यापारको आकलनले बलिउडमै अहिलेसम्म भएको बक्स अफिसलाई  ब्रेक दिने पक्का छ । भारत लगायतका अन्तर्राष्टिय फिल्म हलहरुमा समेत धुम ३ ले राम्रो प्रर्दशन गरेको छ ।  नेपाली सिनेमा हल तथा  मल्टिप्लेक्सहरुमा पनि प्रर्दशनकै दिन हाउसफुल भएको थियो । धुम ३ 'धुम'को सिक्वल हो । यसअघिको निर्माण गरिएको धुममा जोन अब्राहम र धुम २ मा ऋतिक रोशनको मुख्य अभिनय रहेको छ । यशराज ब्यानरद्वारा निर्माण गरिएको धुम ३ का मुख्य पात्र आमिर खान,  कटि्रना कैफ, अभिसेक बच्चन, ज्याकी  श्राप, उदय चोपडा लगायतको भूमिका छ । धुम ३ का समीक्षकहरुले ५ मा  ४ रेटिङ दिएका छन् । <
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Facebook Page

 
Copyright © 2013. sudankhadka.com - All Rights Reserved
Website Design by Arghakhanchi it solution Published by Template