नेकपा मालेले मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिको आह्वानमा संविधानसभाको बैठक बोलाइनुपर्ने भनेको छ । उसले संविधान निर्माणपछि मात्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको व्यवस्था मिलाउन तथा कांग्रेस र एमालेले अधिकतम सहमतिको सरकार गठन गर्नुपर्ने पार्टीको धारणा सार्वजनिक समेत गरेको छ ।
Home »
» नेकपा मालेले पाँच सभासद् छान्यो
नेकपा मालेले पाँच सभासद् छान्यो
Written By Unknown on Thursday, December 26, 2013 | 12:48 AM
>महासचिव मैनाली पनि सभासद सूचीमा
काठमाडौ,
पुस ११ -
नेकपा(माले)ले आफ्नो पार्टीबाट संविधानसभामा पठाउने समानुपातिक तर्फको
सभासदहरु चयन गरेको छ । पार्टी पोलिटब्यूरो बैठकले समानुपातिक तर्फ पाएको ५
सिटका लागि महासचिव चन्द्रप्रकाश(सीपी) मैनाली सहितको नाम तय गरेको हो ।
मालेले समानुपातिक तर्फ १ लाख ३० हजार ३ सय मत पाएको थियो ।
पार्टीले निर्वाचनमा आयोगमा बुझाएको बन्द सूचीबाट मैनाली सहित पार्टी
केन्द्रीय सदस्यहरु अइन्द्रसुन्दर नेम्वाङ्, शिवचन्द्र चौधरी, कलशा महरा र
कमला विकलाई निर्वाचित सभासदका रुपमा छानिएको उक्त पार्टीले जारी गरेको
विज्ञप्तीमा जनाइएको छ । उनीहरुको नाम निर्धारित समय भित्रै निर्वाचनमा
आयोगमा बुझाइने महासचिव मैनालीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
नेकपा मालेले मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिको आह्वानमा संविधानसभाको बैठक बोलाइनुपर्ने भनेको छ । उसले संविधान निर्माणपछि मात्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको व्यवस्था मिलाउन तथा कांग्रेस र एमालेले अधिकतम सहमतिको सरकार गठन गर्नुपर्ने पार्टीको धारणा सार्वजनिक समेत गरेको छ ।
नेकपा मालेले मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिको आह्वानमा संविधानसभाको बैठक बोलाइनुपर्ने भनेको छ । उसले संविधान निर्माणपछि मात्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको व्यवस्था मिलाउन तथा कांग्रेस र एमालेले अधिकतम सहमतिको सरकार गठन गर्नुपर्ने पार्टीको धारणा सार्वजनिक समेत गरेको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !