Home » » कोरियामा नेपाली महिलामाथि घरेलु हिंसा धेरै

कोरियामा नेपाली महिलामाथि घरेलु हिंसा धेरै

Written By Unknown on Tuesday, December 24, 2013 | 6:22 PM

१० पुस, काठमाडौं । कोरियाली नागरिकसँग बिहे गरेर उतै बसोबास गर्दै आएका नेपाली युवतीहरु चर्को घरेलु हिंसामा परेको एक अध्ययनले देखाएको छ ।
 राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार अधिकांश महिला कोरियामा अमानवीय वातावरणमा पिल्सिइरहेका छन् । ‘केही केहीले सुख पनि पाएका छन्,’ अध्ययन टोलीमा सामेल आयोगका निवर्तमान सदस्य गौरी प्रधानले भने,’ तर धेरै युवती दुःखमा बाँचिरहेका छन् ।
’ आयोगका तत्कालीन अध्यक्ष केदारनाथ उपाध्याय र सदस्यद्वय रानगिना सिंह तथा प्रधानको टोलीले गत अगस्टमा कोरिया र मलेसियाको स्थलगत भ्रमण गरेर त्यहाँका नेपाली कामदार र बिहे गरेर गएका महिलाहरुकोबारेमा खोजविन गरेको थियो ।
 आयोगले यसरी विदेशमा गएर आफ्ना देशका नागरिकको मानव अधिकारका अवस्थामा गरेको यो पहिलो अध्ययन रहेको कान्तिपुर दैनिकमा खबर छ । कोरियामा नेपाली कामदारको अवस्थाबारे सम्बोधन गर्नुपर्ने महत्वपूर्ण विषयमध्ये महिलाको स्थिति पनि पहिलो भएको प्रधानले बताए । आयोगका अनुसार हालसम्म कोरियामा एक हजार नेपाली युवतीले कोरियन युवकसँग विवाह गरी बसोबास गर्दै आएका छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Facebook Page

 
Copyright © 2013. sudankhadka.com - All Rights Reserved
Website Design by Arghakhanchi it solution Published by Template