Home » » फागुनमा विवाह गर्ने राजेश हमालको घोषणा

फागुनमा विवाह गर्ने राजेश हमालको घोषणा

Written By Unknown on Tuesday, December 24, 2013 | 4:18 AM

काठमाडौं, पुस ९ आफ्नो विवाहको बारेमा मिश्रित प्रतिक्रिया दिईरहेका महानायक राजेश हमालले आफ्नो विवाहको ठोस निर्णय सुनाएका छन् ।
उनको योजनाअनुसार फागुनमा उनले मधु भट्टराई आफ्नी दुलही बनाएर घर भित्र्याउने छन् ।
कार्यब्यस्तता र परिस्थितीले गर्दा विवाह सरेको बताउँदै उनले भने “अब भने ढुक्क हुनुहोस, फागुनमा मेरो विहे हुन्छ ।” आफ्नो विवाहमा तामझाम नहुने बताउँदै उनले भने “सामान्य ढंगबाट विवाह हुन्छ, तामझाम हुँदैन ।”
काठमाडौंमा मंगलबार गायक तथा संगीतकार मेघराज मगरातीको सांगितिक एल्बम ‘अनमोल सृष्टि’ बिमोचन गर्न पुगेका हमालले पत्रकारहरुसँग खुलेरै विवाहको बारेमा कुराकानी गरे ।
महानायकले विवाह फागुनमा हुने बताए पनि विवाहको डेट भने तोकेनन् । “फिक्स डेट नै चाहनुहुन्छ भने माघ महिनाको अन्तिम सातातिर तपाई सबै पत्रकारहरुलाई जानकारी गराउँछु ।” विवाहको बिषयलाई लिएर पारिवारिक सल्लाह भईरहेको पनि उनले बताए । राजेश लामो समयदेखि मधु भट्टराईसँगको प्रेम सम्बन्धमा छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Facebook Page

 
Copyright © 2013. sudankhadka.com - All Rights Reserved
Website Design by Arghakhanchi it solution Published by Template