Home » » राणाहरुले सुन तथा हीराजडित गरगहना राखेको दराज लन्डनस्थित नेपाली दूतावास भवनमा ७९ वर्षदेखि अलपत्र

राणाहरुले सुन तथा हीराजडित गरगहना राखेको दराज लन्डनस्थित नेपाली दूतावास भवनमा ७९ वर्षदेखि अलपत्र

Written By Unknown on Tuesday, December 24, 2013 | 6:06 PM

१० पुस, काठमाडौं । बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावास भवनमा एउटा दराज -सेफ) छ । ताला मारिएको, ह्यान्डिल भाँचिएको अवस्थामा यो दराज ७९ वर्षदेखि दूतावासको भुइातलामा अलपत्र छ ।
 दराज कसैले खोलेको छैन्, दायाँबायाँ सारेको छैन् । खोलेको देख्ने पनि कोही छैन् । यसको साँचो कोसित छ त्यो पनि पत्तो छैन् । दूतावासमा पोस्टिङ भएर जाने परराष्ट्रका कर्मचारीदेखि राजदूतसम्म त्यो दराजमा के होला भन्ने कौतुहल राख्छन्, तर खोल्ने आँट गर्दैनन् । ‘दूतावासको अन्डरग्राउन्डमा ह्यान्डिल नभएको एउटा पूरानो दराज छ । कहिलेदेखि त्यो त्यहाँ राखिएको हो, केही पत्तो छैन्,’ बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसेले भने, ‘दराजको साँचो दूतावाससँग छैन, त्यसैले दशकौंदेखि खोलिएको छैन् । त्यसभित्र के छ, केही थाहा छैन् ।’ सेतो रंगको फलामको ६ फिट अग्लो दराजका विषयमा विभिन्न किंवदन्ती चलेको नागरिक दैनिकमा खबर छ । किंवदन्ती १ दराजमा आपत पर्दा काम लाग्छ भनेर राणाहरुले सुन तथा हीराजडित गरगहना लुकाएका थिए । साँचो उनीहरुसँगै थियो । राणाशासन अन्त्यसँगै त्यो साँचो पनि हरायो, त्यतिबेलादेखि नै दराज बन्दको बन्दै छ । किंवदन्ती २ दोस्रो विश्वयुद्धमा जर्मनीले बेलायतमाथि युद्ध छेड्यो । ठूला बमबारीबाट नेपाल र बेलायतसँग सम्बन्धित महत्वपूर्ण कागजात जलेर नष्ट होलान् भनेर दराजमा राखियो र दराब बलमे कम असर गर्ने स्थल भुइातलामा थन्काइयो । किंवदन्ती ३ त्यो दराज नेपाली दूतावास उक्त भवनमा नबस्दैदेखि त्यहीँ थियो । बेलायतीहरुले उक्त दराजमा भूतप्रेत थुनेर राखेका छन् । कसैले खोले भूतप्रेत बाहिर निस्कन्छन्, त्यसैले कोही दराज खोल्ने हिम्मत गर्दैनन् । यद्यपी, नेपाली दूतावासले एकपटक दराज खोल्ने चेष्टा नगरेको होइन् । ‘भित्र के छ भनेर दराज खोल्ने प्रयास गरेको थिएँ ।सेफ कम्पनीसँग कुराकानी भयो । यति पुरानो दराज कहाबाट आयो भनेर उनीहरु पनि छक्क परे । तर दराज खोल्न कम्पनीले ठूलो रकम मागेका कारण उक्त रकम व्यवस्थापन गर्न नसकेर दराज नखोलेका हौं,’ बेलायतका लागि पूर्व राजदूत (२००३-२००६) प्रवलशमशेर राणाले भने । 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Facebook Page

 
Copyright © 2013. sudankhadka.com - All Rights Reserved
Website Design by Arghakhanchi it solution Published by Template